मोरङमा अवैध घरेलु मदिरासहित पाँचजना पक्राउ परेका छन् ।
कटहरी गाउँपालिका–३ कटहरी चोकबाट अवधै घरेलु ५ सय ५९ लिटर सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ बस्नेहरु ४० वर्षीया मिना गुरूङ, ४४ वर्षीया अनिता राई, ४० वर्षीया रिता गुरूङ, ३५ वर्षीया आस्मा तामाङ र ४६ वर्षीय दिपक गुरूङ रहेका छन् ।
को १ च २५३१ नम्बरको भेनलाई जाँच गर्ने क्रममा उक्त घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।