logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्स भोलि चीन जाँदै


अंकुरण खबर
1.326K
Shares

हिमालय एयरलाइन्स स्वास्थ्य सामग्री लिन भोलि (बिहीबार) चीनको ह्वान जाने भएको छ ।

कार्गो चार्टर्ड उडानका लागि हिमालयले मागेको उडान अनुमति नागरिक उड्डयन प्राधिकरणले दिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

यस्तै शुक्रबार बैंककबाट यात्रु लिन थाई लायन नेपाल आउने भएको छ । शुक्रबार यात्रु लिन थाई लायनले चार्टर्ड उडान अनुमति पाएको प्राधिकरणले जनाएको छ ।

लकडाउनका कारण नेपाल रोकिएका आफ्ना नागरिक लैजान विमान चार्टर्ड गरिएको जनाइएको छ ।