पार्टीभित्र देखिएको विवाद हल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्न सक्नेछ ।
प्रधानमन्त्री ओली समूहले बहुमत सांसदको हस्ताक्षर जुटाएको बताइसकेको छ । उता दाहाल-माधवकुमार नेपाल समूहले पनि ओलीविरुद्ध हस्ताक्षर अभियान चलाएको छ । दाहाल-नेपाल समूहले पनि बहुमत सदस्यको हस्ताक्षर जुटाएको दाबी गरेका छन् ।
ओलीले बुधबार दिउँसो बालुवाटारमा आफ्ना समूहका सांसद र केन्द्रीय सदस्यसँग छलफल गरेर हस्ताक्षर अभियान चलाएका थिए ।