logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठक पक्राउ


अंकुरण खबर
845
Shares

सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै पत्रकार दीपक पाठक पक्राउ

सामाजिक सञ्जालमा जथाभावी लेखेको अभियोगमा प्रहरीले पत्रकार दीपक पाठक पक्राउ गरेको छ ।

बिहीबार बिहान केन्द्रीय साइवर ब्यूरोले पाठकलाई नियन्त्रणमा लिएको हो । पत्रकार पाठकले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई सामाजिक सञ्जालमा आलोचना गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रेडियो नेपालको बोर्ड सदस्य समेत रहेका पाठकलाई साइबर क्राइमको अभियोग लगाइएको छ ।