logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापाको शरणार्थी शिविरमा आगलागी


अंकुरण खबर
884
Shares

झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाईँको घरबाट बिहीबार आज बिहान अचानक आगलागी भएको हो ।

चापागाईँको घरबाट शुरु भएको आगोले छिमेकी पदम चापागाईँ, रुपनारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा करिब रु १७ लाख ३५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

आगलागी स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।