काठमाडौं महानगरपालिका-३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् ।
स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ।
गएराति भएको उक्त घटनाका घाइते अधिकारीको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ । अन्य दुई घाइतेको पहिचान खुलेको छैन ।
सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नंको स्कुटर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।