जिल्ला प्रहरी कार्यालय बर्दियाले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
आज कैलाली, टीकापुर नगरपालिका–१ का २८ वर्षीय राजन रावल, ३३ वर्षीय रमेश न्यौपाने, लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र दैलेख, दुल्लु नगरपालिका–७ का २७ वर्षीय आकाश शाहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी कार्यालयको मूल ढोका अगाडि उनीहरु सवार बा १२ च ६२९९ नं को गाडी तलासी गर्दा स्टेरिङभित्र प्लाष्टिकमा पोको पारिएको ४६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक योगेन्द्रबहादुर खड्काले बताएका छन् ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।