logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२५ लाख धरौटीमा छुट्ने भए शंकर ग्रुपका मालिक अग्रवाल


अंकुरण खबर
1.3K
Shares

ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।

अग्रवालले कुटनीतिक गाडी प्रयोग गरि ३ हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनी पक्राउ परेका थिए ।

गत मंगलबार उनीविरूद्ध कालोबाजारीमा मुद्दा परेको थियो । उक्त मुद्धाको थुनछेक आदेश गर्दै न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

अग्रवाललाई २५ लाख ५० हजार धरौटी दिएमा पुर्पक्षका लागि थुनामुक्त गर्नु भन्ने आदेश भएको र उनले धरौटी बुझाएपछि थुनामुक्त हुनेछन् ।