कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवशायी सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटेलगत्तै फेरी पक्राउ परेका छन्।
सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाललाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
अकुत सम्पत्ति आर्जन गरेको हकमा निजि क्षेत्रका लागि सम्पत्ति शुद्धिकरण विभाग र सरकारी कर्मचारीको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दछ।
कोरोना भाइरस संक्रमण परिक्षणका लागि प्रयोग हुने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी सुलभ अग्रवालसँग न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेक बहसपछि २५ लाख ५० हजार धरौटी मागेको थियो। धरौटी बुझाएर उनी आज अपरान्ह रिहा भएका थिए।
धरौटी बुझाएर रिहा हुनेवित्तिकै अग्रवाल पुन: पक्राउ परेका हुन् ।