logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा पछिल्लो २४ घण्टामा १७१८ कोरोना भाइरस संक्रमित थपिए


अंकुरण खबर
819
Shares

भारतमा पछिल्लो २४ घण्टामा १ हजार सात सय १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार साँझ गरेको नियमित अपडेटअनुसार भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५० पुगेको छ । भारतमा हालसम्म एक हजार ७४ जनाको ज्यान गएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा संक्रमितको संख्या ९ हजार ९ सय १५ पुगेको छ । दोस्रो बढी संक्रमित रहेको गुजरातमा ४ हजार ८२ जना संक्रमित छन् । मिजोराम र अरुणान्चल प्रान्तमा एक एक जना संक्रमित छन् ।

भारत सरकारका अनुसार पछिल्लो पाँच दिनमा दैनिक ४९ हजार ८ सय र्‍यापिड टेस्ट र पीसिआर टेस्ट भइरहेको छ । एजेन्सी