१४ वर्षीषा बालिकामाथि बलात्कार प्रयास गरेको अभियोगमा उदयपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको रौतामाई गाउँपालिका-५ हात्तीपाईले बस्ने ३१ वर्षीय अर्जुन विकलाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
आफ्नो कोठामा सुतिरहेको अवस्थामा बालिकामाथि बलात्कार गर्न खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका विकविरुद्ध जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।