हाँस्यटेलिश्रृंखला भद्रगोलका कलाकार सुवास कार्की ‘विलासे’ लाई कोरोना संक्रमण देखिएको छ ।
भद्रगोलमा ‘विलासे’को नामबाट परिचित उनी विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका थिए । उनलाई लन्डनमा नै कोरोनाभाइरस भएको पुष्टि भएको हो ।
कोरोनाभाइरस संक्रमण पुष्टि भए पनि उनी आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । उनको परिवार नै लन्डनमा बस्ने गरेको छ ।
हाल ‘विलासे’सँगको सम्पर्कमा रहँदा उनले आफ्नो स्वास्थ्यमा सुधार आएको बताएको उनका सहकर्मी कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।