आज देशको पश्चिमी भूभागमा मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशको पश्चिमी पहाडी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ ।
पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा शुक्रबार राति मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश भएको देखिएको महाशाखाले जनाएको छ ।