logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज अन्तर्राष्ट्रिय मजदुर दिवस, कोरोनाले यो दिवस पनि प्रभावित


अंकुरण खबर
7.683K
Shares

कोरोना भाइरस संक्रमणका कारण १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ ।

हरेक बर्ष मे १ तारिखमा यो दिवस विभिन्न कार्यक्रम गरेर मनाइने गरिएको छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

तर यो वर्ष कोरोना संक्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम गरेका छैनन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ‘जेटियुसिसी’ले दिवसका अबसरमा लकडाउनका कारण समस्यामा परेका श्रमिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उद्योग, कलकारखाना, यातायात र होटल बन्द भएर लाखौं श्रमिक बेरोजगार भएको डेढ महिना पुग्नै लागेको छ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले शुभकामना दिएका छन् ।