कपिलवस्तुको यशोधरा गाँउपालिका–८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि गोली प्रहार भएको छ।
खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि बिहीबार राति १ बजे चार राउण्ड गोली प्रहार भएको शो ।
दुई जना अज्ञात व्यक्तिले उनी माथि गोली हाने पनि उनलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।