logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन


अंकुरण खबर
1.222K
Shares

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।

प्रजातन्त्र सेनानी समेत रहेकी उनको गएराति ८४ बर्षको उमेरमा निधन भएको हो । रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

उनी रेडियोमा गीत गाउने प्रथम महिला हुन । उनले १६ वर्षको उमेरमा बिराटनगरको मिल्स एरियामा रहेको स्टुडियोबाट गीत गाएकी थिइन् ।

२००७ सालमा नेपाली कांग्रेसले प्रचार प्रसारका क्रममा बिराटनगरमा स्थापना गरेको रेडियोमा अधिकारीले गीत गाएकी थिइन् ।

त्यसपछि अधिकारी विराटनगरमा धेरै वर्षसम्म शिक्षण र राजनीतिमा सकृय थिइन् । उनको निधनप्रति नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ ।