logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एसईई परीक्षा जेठ अन्तिममा गर्न प्रस्ताव


अंकुरण खबर
1.235K
Shares

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता सार्न प्रस्ताव गरेको छ ।

बिहीबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले एसईई जेठ अन्तिम साताबाट शुरु गर्न प्रस्ताव गरेको हो । कार्यदलले २५ वैशाखदेखि बन्दाबन्दीको मोडेल फरक भए एसईई जेठमा गर्न सकिने प्रस्ताव गरेको छ ।

कोभिड–१९ महामारी रोकथामका लागि परीक्षा स्थगित गरिएको छ । ६ चैतबाट हुने तयारी भएको एसईई प्रवेशपत्र दिइसकेपछि स्थगित गरिएको थियो । ११ चैतबाट बन्दाबन्दी शुरु भएपछि एसईई अनिश्चित बन्दै आएको थियो । तर, बोर्डले जेठ अन्तिम साताका लागि प्रस्ताव गरेको छ ।

एसईईसँगै कक्षा १२ को परीक्षा गर्न सकिने प्रस्ताव पनि तयार भएको छ । एसईई र कक्षा १२ को परीक्षा एउटै पटक दुई शिफ्टमा गर्न सकिने प्रस्ताव तयार भएको छ ।