logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


अंकुरण खबर
2.626K
Shares

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–७ बंगारेमा काठको किला प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

३५ वर्षीय राम बहादुर तामाङले आज दिउँसो आफ्नै श्रीमती ३० वर्षीया अस्मिता तामाङको काठको किला प्रहार गरी हत्या गरेका हुन् ।

हत्या गरेको अभियोगमा श्रीमान राम बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।