logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिम पहिरोमा हराइरहेका लामाको १४ दिनपछि उद्धार


अंकुरण खबर
1.248K
Shares

हिउँमा फसेर सम्पर्कविहीन बनेका सिन्धुपाल्चोकका एक मजदुरको आज हेलिकोप्टर मार्फत उद्धार गरिएको छ।

रसुवाको रसुवागढी हाइड्रोपावरमा मजदुरी गर्ने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का ३१ वर्षीय सुरज लामाको १४ दिनपछि आज उद्धार गरी काठमाडौं ल्याइएको हो। कोरोनाका कारण सरकारले लगाएको लकडाउन लम्बिदै जाँदा घरमा श्रीमति सुत्केरी हुने समय आएपछि रसुवा, नुवाकोट हुदै सिन्धुपाल्चोकको मेलम्ची हिडेका उनी सम्पर्कविहीन भएका थिए।

परिवारले उनि सम्पर्क बिहीन भएको खबर गरेपछि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्ला प्रशासनको संयुक्त पहलमा खोजी गर्दा पनि नभेटिएका उनि रसुवा र नुवाकोटको सीमामा पर्ने सुर्यकुण्डको फेदीमा गोठालाहरुले भेट्टाएका थिए।

नेकपाका केन्द्रिय सदस्य सिन्धुपाल्चोकका माधव सापकोटा र बलेफी गाउँपालिकाका अध्यक्ष केदार खत्रीको पहलमा आज बिहान लामालाई हेलिकोप्टर लगेर उद्धार गरि काठमाडौं ल्याइएको हो। लामाको अहिले सिभिल अस्पतालमा बानेश्वरमा उपचार भइरहेको केन्द्रिय सदस्य सापकोटाले जानकारी दिए।

हिउँका कारण हातखुट्टा नचल्ने अवस्थामा भेटिएका लामाको अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

रसुवागढी हाइड्रोपावरबाट यहि बैशाख ६ गते हिडेका लामा रसुवाकोे गोसाइँकुण्ड नजिकै तारेभिरमा आइपुगेपछि हिउँमा फसेका थिए।