logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुलभ अग्रवाल तारेखमा छुटे


अंकुरण खबर
2.743K
Shares

व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले बिहीबार राति तारेखमा छाडेको छ।

शंकर ग्रुपका सञ्चालक अग्रवालको बयान लिएको र बाँकी अनुसन्धान लकडाउनपछि गर्ने भन्दै विभागले तारेखमा छोडेको हो।

अग्रवाललाई काठमाडौं जिल्ला अदालतले बिहीबार २५ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो।

बजार मुल्य पाँच हजार रहेको भनिएको ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बेचेको आरोपमा प्रहरीले अग्रवाललाई गत चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो।