logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रुपन्देही र बाँकेका एक-एक जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.898K
Shares

नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेका १–१ गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्।