logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्री ढकालको खुलासा, २५ वैशाखपछि लकडाउन खुकुलो


अंकुरण खबर
936
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आगामी २५ वैशाखपछि लकडाउन खुकुलो हुने बताएका छन् ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा शुक्रबार मन्त्री ढकालले लकडाउन खुकुलो गर्ने तयारी भएको बताएका हुन् । मन्त्री ढकालले सबैतिरबाट लकडाउन खुकुलो पार्न सुझाव आएको उल्लेख गरे ।

‘सबै क्षेत्रबाट लकडाउन खुकुलो बनाउन सुझावहरु आइरहेका छन्’, मन्त्री ढकालले भने, ‘संक्रमणको खतराबाट जोगिने उपायसहित वैशाख २५ गतेपछि कसरी लकडाउन खुकुलो बनाउन सकिन्छ भन्नेबारे सरकारले गृहकार्य गरिरहेको छ ।’

कृषि, उद्योग तथा अरु महत्वपूर्ण विषयलाई ध्यानमा राखेर लकडाउन खुकुलो बनाउनुपर्ने आवश्यकता सरकारले महसुस गरेको मन्त्री ढकालको भनाइ थियो ।

उनको लकडाउन लम्बिँदै जाँदा अन्य रोगका बिरामीले समेत उपचार नपाउने अवस्था देखिएकाले पनि लकडाउनको स्वरुप परिवर्तन हुनुपर्ने धारणा राखे । ढकालले कोरोना महामारीविरुद्ध सरकारले चालेका कदम र जनताको सचेतनाका कारण नेपालमा कोरोना महामारीको उच्च जोखिममा नरहेको प्रतिवेदन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जारी गरेको बताए ।