logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु


अंकुरण खबर
1.248K
Shares

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे ११ बजे हरिहरपुरगढी गाउँपालिका २ श्रीपुर बस्ने पुरूषोत्तम राईको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएका उनको स्थानीय पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको सिन्धुली प्रहरी कार्यालयले जनाएको छ।

आफ्नै पानी घट्टामा बुबा रामजी राईलाई खाना पुर्‍याएर फर्किने क्रममा उनलाई चट्याङ लागेको थियो।

उनको शव सोही पोलिक्लिनिकमा राखिएको छ।