logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डललाई भेटे लगत्तै माधव नेपाललाई पनि भेटिन् चिनियाँ राजदूत यान्छीले


अंकुरण खबर
2.691K
Shares

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेकी छन् ।

प्रचण्डलाई खुमलटार निवासमा भेटेर राजदूत यान्छी नेता नेपाल भेट्न सिधै उनको निवास कोटेश्वर पुगेकी हुन् ।

नेपाल नेकपाका विदेश विभाग प्रमुखसमेत हुन् । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले दुई देशबीचको घनिष्ठ सम्बन्धबारे छलफल भएको जानकारी दिए ।

त्यसअघि प्रचण्डसँगको भेटमा राजदूत यान्छीले कोरोना महामारी रोकथामका लागि भइरहेको दुई देशबीचको सहकार्यबारे कुराकानी गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

दुवै भेटमा राजदूत यान्छीले नेकपाभित्रको आन्तरिक विवाद चर्किएकामा दुःख व्यक्त गर्दै सहमति गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

राजदूत यान्छीले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारी र बिहीबार प्रधानमन्त्री केपी ओलीसँग भेटेकी थिइन् ।