logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरीमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने पक्राउ


अंकुरण खबर
767
Shares

प्रहरीमा दर्ता भएको घरायसी मुद्दा मिलाई दिने भन्दै ५० हजार घुस लिने एक जनालार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

कैलालीको गौरीगंगा नगरपालिका–१० का बिर्ख धामीलाई ५० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। स्थानीय एक सामुदायिक वनका अध्यक्षसमेत रहेका धामीले प्रहरीसँगको मिलेमतोमा मुद्दा मिलाई दिने भन्दै घुस लगेको अख्तियारले जनाएको छ।

सेवाग्राहीको घरायसी झगडालाई उग्र बनाई ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दा मिलाई दिने भन्दै धामीले घुस लिएको अवस्थामा गौरीगंगा नगरपालिका–८ बढैपुर बजारबाट नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।