logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कुवेतमा थप ११ जना नेपाली कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो


अंकुरण खबर
845
Shares

खाडी मुलुक कुवेतमा थप एघार नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले थप एघार जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ।

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ३५३ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ४३ सय ७७ पुगेको छ।

थप ६३ सहित १६ सय २ जना उपचारपछि पूर्णरुपमा निको भएका छन्।संक्रमित दुईहजार ७ सय ४५ को सामान्य उपचार भैरहेको त्यसमध्य ७० जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुवेतमा ४ जनाले ज्यान गुमाएसंगै मृतकको सख्या ३० पुगेको छ।