logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भेटघाट


अंकुरण खबर
819
Shares

शुक्रबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार भेटघाट भएको छ ।

वरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भएको भेटघाटमा नेपकपाभित्रको पछिल्लो समय भएको विवादका विषयमा छलफल भएको हो । शनिबार बस्ने नेकपाको सचिवालय बैठकका विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकट समाधानपछि आफूले प्रधानमन्त्रीपद उपाध्यक्ष वामदेव गौतमलाई दिने र तेस्रो अध्यक्ष माधव नेपाललाई दिने बताएका थिए ।

स्रोतका अनुसार आजै मात्र अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग पनि नेपाललाई भेट्नु अघि भेटेका थिए ।