logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अपराह्न नेकपा सचिवालय बैठक बस्दै, प्रचण्ड – माधव समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तयारी


अंकुरण खबर
2.678K
Shares

अध्यादेश पछि तिव्र विवादमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पुनः बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने तयारी रहेको जनाइएको छ । बैठकमा त्यसको ओली समुह प्रतिवाद गर्ने अवस्थामा पुगेको छ ।

नेकपाको विवाद सतहमै छताछुल्ल हुँदा नेता तथा कार्यक्रतामा निराशा पैदा भएको छ । दुबै पक्षले आफ्नो अडानमा कायम रहदै आन्तरिक छलफल सहित तीव्र तयारीमा लागि परेका छन् । विवाद मिलाउन भन्दै प्रधानमन्त्री ओलीले शुक्रबार अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीसंगको छलफल पछि प्रचण्ड र माधव कुमार नेपालबीच छलफल भएको थियो ।

गएको बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नै दिनुपरे बामदेव गौतमलाई प्रधानमन्त्री बनाइनु पर्ने र त्यसका लागि कोराना भाइरसको महामारी अन्त्य हुनुपर्ने सर्त राखेको समाचारहरु सार्वजनिक भएका थिए ।