logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमपहिरोमा पुरिएका सातै जनाको शव फेला


अंकुरण खबर
1.508K
Shares

कास्कीको अन्नपूर्ण गाउँपालिकाको हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएका सातै जनाको शव फेला परेको छ।

२०७६ साल माघ ३ गते गएको हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए । तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए।

नेपाली सेनाले एक जना नेपाली र एक जना कोरियन नागरिकको शव भने शुक्रबार फेला पारेको हो। अन्य दुई जनालाई खोज्न पश्चिम पृतना हेडक्वाटरको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्जर बटालियनबाट टोली परिचालित भएको थियो। सो टोलीले वैशाख १९ गते शुक्रबार ती शव फेला पारेको जनाइएको छ ।