नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको छैन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको हो ।
नेपालमा अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् भने आरडिटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन् ।अहिलेसम्म नेपालमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितमध्ये अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन् । यसैगरी, रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेका छन् ।
काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।