काठमाडौंमा छुट्टा छुट्टै भएको दुर्घटनामा दुई जना घाइते भएका छन् ।
बुढानिलकण्ठ वडा नम्बर-११, कपन मन्दिर नजिकै बा ९१ प ७१०८ नम्बरको स्कुटर दुर्घटना हुँदा संखुवासभाको खाँदबारी-३ घर भइ कपन गैरीगाउँ बस्दै आएका तेन्जिङ्ग तामाङ शनिबार बेलुकी साढे ९ बजेतिर घाइते भएको प्रहरीले जनाएको छ ।
उनको हेल्पिङ ह्याण्ड्स अस्पताल चाबहिलमा उपचार भइरहेको छ ।
यस्तै काठमाडौं कलंकीमा प्रदेश ३ ०२००४ प ९९९७ को मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घादिङ गजुरी गाउँपालिका वडा ६ की रिता भुजेल घाइते भएकी छिन्।
घाइते भुजेलको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचार भैरहेको जनाइएको छ ।