प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
आइतबार मध्याह्न बोलाइएको बैठकको एजेण्डाबारे भने पूर्वजानकारी नदिइएको एक मन्त्रीले जानकारी दिए ।
बैठक संसदको आगामी बजेट अधिवेशनका विषयमा केन्द्रीत रहेको बताइएको छ ।
हिजो नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकपछि वाञ्छनिय ठानेर आजै मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।