logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनामुक्त भएका युवक पुनः अस्वस्थ, वीरगञ्ज अस्पतालमा भर्ना गरियो


अंकुरण खबर
676
Shares

कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ।

रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको हो।

नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका थिए।

१९ वर्षीय ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी घर पुगेर परिवार र आफन्तसँग बस्दै आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो।

ती युवकलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । अस्पतालमा ल्याइसकेपछि शनिबार राति पुनः उनको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ ।