logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैशाख २६ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय


अंकुरण खबर
936
Shares

सरकारले बैशाख २६ गतेका लागि संसद बैठक बोलाउन सिफारिश गरेको छ ।

आइतबार बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २६ गते दिउसो ४ बजेका लागि संसद बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।

सामाजिक दूरी कायम गरेर संसद बैठक बस्न सक्ने गरी व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर केहीदिन अघि प्रधानमन्त्रीले संघीय संसद भवनको निरीक्षण गरी परामर्श लिएका थिए।

१५ जेठमा आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।