logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभर बदली : असिना र हावाहुरीसहित वर्षाको सम्भावना


अंकुरण खबर
949
Shares

हाल देशमा पश्चिमि वायुको प्रभाव ,स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

देशको पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोः देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको अधिकांश भूभागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केही स्थानहरुमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।