रूपन्देहीका कोरोना संक्रमित पुरुषको परिवारका सदस्यलाई कोरोना संक्रमण नभएको पाइएको छ।
कोटहीमाई गाउँपालिका-१, सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमित २५ वर्षीय युवकको परिवारका सबै ९१० जना० सदस्यको थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) नेगेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ती युवक वैशाख ५ गते भारतको दिल्लीबाट मर्चवारको ठोठरी नाकाबाट घर आएका थिए।
कोरोना संक्रमित युवकको भने बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।