logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनाको गाडीबाट घाइते महिलालाई जहाजबाट उद्धार


अंकुरण खबर
845
Shares

नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौं ल्याइएको छ ।

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उनका काका खिलप्रसादले जानकारी दिए ।

उनका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा. वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल पुगेको थियो ।

शनिबार कोहलपुरको एनटिभी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनका भाइ कोहलपुर-२ निवासी किरणको घटनास्थलमै मृत्यु भएको र उनी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।