logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महोत्तरीमा अज्ञात रोगका कारण मृतकको संख्या १२ पुग्यो


अंकुरण खबर
1.04K
Shares

महोत्तरीको भँगाहा र बर्दिवास नगरपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

आइतबार बिहान भँगाहा नगरपालिका ७ का ५४ बर्षका रुद्रनारायणसिँह दनुवारको मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो ।

यसअघि विसाक्त रक्सी खाएका कारण उनीहरुको ज्यान गएको भनिए पनि हिजो २ जना र आज १ जना गरी १२ जनाको ज्यान गएपछि थप अनुसन्धान भैरहेको डाक्टरहरुले बाएका छन् ।

स्वाव परिक्षणका लागि शुक्रबार काठमाडौ पठाइएको तर रिपोर्ट अझै आइनसकेको र रिपोर्ट आएपछि मात्र कारण पत्ता लाग्ने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले बताएका छन् ।