logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जंगली च्याउ खाँदा अर्घाखाँचीमा एकको मृत्यु, ३ गम्भीर


अंकुरण खबर
2.808K
Shares

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् ।

जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको हो ।

मृतककी छोरी बिपा महत्रा, सासु् लालसरी महत्रा, देउरानी लक्ष्मी महत्रा बिरामी छन् । तीनै जनाको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

च्याउ खाएर बिरामी परेका महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि खरिद गरी सेवन गरेका थिए । तर समस्या जटिल देखिएपछी मात्र शनिबार उनीहरुको बुटवल लुम्बिनी सिटी रिफर गरीएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।