नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ।
उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । शंका लागेपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । कोरोना भेटिएका ती पुरुषलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ ।