logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोना संक्रमित ९ जना धर्मगुरुलाई भेटेका स्थानीयबासी


अंकुरण खबर
832
Shares

आइतबार एकैदिन नेपालगञ्‍जमा ९ जना कोरोना संक्रमित भेटिएका छन्।

नेपालगञ्‍जस्थित ल्याबमा परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले जानकारी दिए ।  स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार आज भेटिएका ९ जना संक्रमित यसअघि कोरोना पुष्टि भएका मुस्लिम धर्मगुरुको सम्पर्कमा आएका स्थानीयबासिन्दा हुन्।

शनिबार धर्मगुरु बस्दै आएको मस्जिदमा पुगेका ९० जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण शुरु गरिएको थियो । ९० जनामध्ये ३० जनाको परीक्षण गरिसक्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।  अन्यको पनि परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालगञ्‍ज उपमहानगरपालिकास्थित एक मस्जिदमा रहेका धर्मगुरुको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। उनको अहिले भेरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।