महोत्तरीबाट ११ भारतीय मुस्लिमलाई प्रहरीले पक्राउ गरिएको छ । आज बिहान मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँबाट लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ जना मुस्लिमलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरू मज्दुर भएको र उनीहरुको घर भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता भएको बताएका छन् ।
पक्राउ परेका उनीहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा राखिएको छ ।