देशभर कोरोनाको त्रास बढिरहेका बेला म्याग्दी डेंगुको उच्च जोखिममा परेको छ । आइतबार एकै दिन तीन जनामा डेंगु संक्रमण देखिएको हो ।
बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको संख्या पाँच पुगेको छ ।
एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि पुगेकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेंगु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा। नवराज बस्ताकोटीले बताए ।
वैशाख महिनामा चार पुरुष र एक महिलामा डेंगुको सङ्क्रमण देखिएसँगै म्याग्दी डेंगु रोगको जोेखिम उच्च रहेको छ ।