सर्लाहीको जंगलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा वागमती नगरपालिका-४ का चन्द्रबहादुर ब्लोन, नगरपालिका–२ का सन्देश मोक्तान र त्यही वडाका भीमबहादुर डिमडुम रहेका छन् ।
आइतबार दिउँसो वागमती नगरपालिका-१० शङ्करपुरको जंगलमा जंगली वन्यजन्तु मार्न पासो थाप्दै गरेको अवस्थामा सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
वन रक्षक टोलीलाई देखेर अन्य शिकारी भागेका छन्। सशस्त्र वन रक्षक टोलीले घटनास्थलबाट ठूलो परिमाणमा वन्यजन्तु मार्न प्रयोग गरिने पासो र बा ७० प ३५७८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मूर्तियामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।