logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशबाट रामेछाप आएका १ सय ८६ जनाको कोरोना रिर्पोट नेगेटिभ


अंकुरण खबर
741
Shares

रामेछाप जिल्लामा देश बाहिरबाट आएका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म रामेछापमा १ सय ८६ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट ९आरडीटी० बिधिबाट कोरोनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

मन्थली नगरपालिकामा २४ जना र रामेछाप नगरपालिकामा २६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको थियो। यसैगरी गोकुलगंगा गाउँपालिकामा ४१ जना, खाँडादेवी गाउँपालिकामा ४०, सुनापति गाउँपालिकामा २१, दोरम्बा गाउँपालिकामा १५, उमाकुण्ड गाउँपालिकामा ११, लिखुतामाकोसी गाउँपालिकामा ६ र जिल्ला अस्पतालमा २ जनाको आरडीटी प्रविधिबाट परीक्षण गरिएको थियो।

४ जना शंकास्पद विरामीको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएकोमा उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।