logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा


अंकुरण खबर
1.378K
Shares

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

वर्षाका कारण माथिबाट पहिरो आएर सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।

गएरातिदेखि अविरल वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको छ । अवरुद्ध भएको सो सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ।

पहिरोका कारण बाटो अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधन राजमार्गमा नै अलपत्र परेका छन्।