logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा पेस्तोलसहित तीन जना पक्राउ


अंकुरण खबर
1.3K
Shares

क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले १ थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१२ का वर्ष २१ का अविनाश थापा, सोही ठाउँका नब्बु भनेर चिनिने वर्ष २० का नवराज बराइली र बिनोद कुँवर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले जानकारी दिए।

उनले आरआइटीका प्रहरी नायव निरीक्षक केशव जोशी नेतृत्वको समूहले धनगढी उपमहानगरपालिका ७ जाखोरताल वन क्षेत्रमा लुकाइछिपाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र सोमा लाग्ने गोली १ थान फेला पारेको बताए।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको डिआइजी सुवेदीले जानकारी दिए।