logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड


अंकुरण खबर
923
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षबीच आगामी बैठकका रणनीतिबारे छलफल भइरहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल नै नगरी एकलौटी रुपमा दुई अध्यादेश जारी गरेपछि दुई नेताबीचको विवाद शनिबार बसेको सचिवालय बैठकले टुंगो लगाएको थियो ।

प्रधानमन्त्री ओलीले बैठकमा आत्मआलोचना गरेपछि विवाद अन्त्य भएको थियो । त्यसपछि नेताहरु आपसी छलफलमा व्यस्त हुँदै आइरहेका छन् । सोहि बैठकले बुधबार सचिवालय र बिहीबार स्थायी समिति बैठक तोकेको थियो ।