logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसद बस्नेत, पूर्वआइजीपी खनाल लगायत ४ जनाविरुद्ध अपहरणको उजुरी


अंकुरण खबर
1.729K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व आइजिपी शर्वेन्द्र खनाल र नवीन बस्नेतविरुद्ध सांसद सुरेन्द्र यादवद्वारा अपहरणको उजुरी दर्ता गरिएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंमा डा. यादवले अपहरण तथा शरीर बन्धक कसुरमा उजुरी दर्ता गराएका हुन् । तत्कालीन समाजवादीका नेता तथा सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भन्दै उजुरी दर्ता गराएका हुन् ।

सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आइजीपी खनालले अपहरण गरेको भन्दै डा. यादवले बैशाख १८ गते उजुरी दिएका थिए । समाजवादी पार्टी फुटाउने उद्देश्यले बैशाख १० गते सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका थिए ।

यता सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले पनि गम्भीर र झुठो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन गरिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।