logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मानव अधिकार आयोगमा बस्नेत, श्रेष्ठ र खनालले पनि दिए निवेदन


अंकुरण खबर
819
Shares

अपहरणको आरोप लागेका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

आज आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै निवेदन दिएका हुन् ।

आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।

डा. यादवले आफ्नो मानव अधिकार संरक्षणको माग गर्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालमाथि छानबिन गर्न माग गरेका थिए ।

सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले महोत्तरीमा रहेका सांसद डा यादवलाई वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याइ पुर्‍याएका थिए ।